रामचन्द्र पाैडेलकाे नेतृत्वमा स्थानीय तह निर्वाचन तयारी तथा अनुगमनका लागि समिति गठन

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन तयारी तथा अनुगमनका लागि समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेकाे  गठबन्धन बैठकले निर्वाचन तयारी तथा अनुगमन समितिको नेतृत्वको जिम्मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिएको हाे ।

उक्त समितिमा पाँच दलका प्रतिनिध रहने भनिए पनि सदस्यहरुको नाम भने सार्वजनिक गरिएकाे छैन ।प्रदेश, नगरपालिका र वडाबाट प्रतिवेदन आएपछि आगामी छलफलबाट चुनावी संयन्त्र कस्तो बनाउने भन्ने निर्णय हुने बताइएकाे छ । अागामी निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुनेछ ।

बैठकमा नेताहरुले सरकारलाई अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्ने बताएका थिए ।

बैठकमा प्रधानमन्त्री देउवाले तीनदिने भारत भ्रमणको ब्रीफिङ गरेका थिए । भारत भ्रमण सफल रहेको निष्कर्ष बैठकले निकालेको छ ।