काठमाडाैं । सरकारले लामो समयदेखि रिक्त रहेका २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेकाे बैठकले परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरुको सिफारिसमा १२ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिस गरेको हो ।
चीनका लागि विष्णुपुकार श्रेष्ठ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र,दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि कैलाश पोखरेल, मलेसियाका लागि डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल सिफारिस भएका छन् ।
त्यस्तै डेनमार्कका लागि प्रा.डा. रामसोगरथ राय यादव,दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, साउदी अरेबियाका लागि नवराज सुवेदी राजदूत सिफारिस भएका छन् । त्यस्तै नरेशविक्रम ढकाल पनि राजदूतमा सिफारिस भएका छन् ।
त्यस्तै परराष्ट्र मन्त्रालयका कर्मचारीहरु घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी पनि राजदूतमा सिफारिस भएका छन् ।
राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ हुनेछ र त्यहाँबाट नाम अनुमोदन भएमा सम्बन्धित देशको सहमति आएपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

