सत्ता गठबन्धनद्वारा चुनावी तालमेलको ७ आधार तयार,महानगरकाे निर्णय केन्द्रले गर्ने

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्तागठबन्धनले चुनावी तालमेल गर्न विभिन्न ७ आधार तय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले आगामी वैशाख पहिलो सातासम्म निर्वाचनमा सिट बाँडफाँट गर्ने बारेमा समेत सहमति गरेको हाे।  

बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख सिट बाँडफाँट गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सिट बाँडफाँट जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने, प्रदेशले वैशाख ५ गतेभित्र केन्द्रमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।   साथै, सबै तहका वडाको अध्यक्ष र सदस्यको सिट बाँडफाँट भने जिल्लास्तरीय संयन्त्रले वैशाख ३ गतेभित्र टुङ्गो लगाउने बैठकले निर्णय गरेको छ ।

यसैगरी बैठकले विसं २०७४ को स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारहरूलाई मान्ने, गत स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार, स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागीलगायत आधार मान्ने बैठकको निर्णय छ ।तर, पाँच दलीय गठबन्धनकाे चेपुवामा स्थानीय तह पर्ने देखिएपछि कतिपयले केन्द्रकाे निर्णयलाइ अस्वीकार गर्ने जनाएका छन् ।   स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।आयोगले १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरेर निर्णय गर्ने बताएकाे छ ।