भरतपुरकाे मेयरमा कांग्रेसका पाैडेलकाे बागी उम्मेदवारी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

चितवन ।नेपाली कांग्रेसका नेता जगन्नाथ पाैडेलले भरतपुर महानगरपालिकाकाे प्रमुखमा उम्मेद्वारी दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धनकाे तर्फबाट रेणु दाहालले मनाेनयन दर्ता गरे पछि पाैडेलले पनि छुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।नेता पौडेलले चारतारे झण्डासहित नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराए ।

कांग्रेस जाेगाउने अभियान स्वरूप आफूले उम्मेदवारी दिएकाे पाैडेलकाे प्रतिक्रिया थियाे ।पाैडेल २०४९ सालकाे चुनावमा नेपाली कांग्रेसबाट भरतपुरमा उपमेयरमा विजयी भएका थिए ।

भरतपुरमा मेयर पद माओवादी केन्द्रलाई दिएपछि नेपाली काँग्रेसभित्र असन्तुष्टि चर्केकाे छ ।  सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच भरतपुरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।