डा. ट्रेडोस अधानोम गेब्रेयसस डब्ल्यूएचओको महानिर्देशकमा पुन: निर्वाचित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , प्रवास , २ वर्ष अगाडि

डा. ट्रेडोस  अधानोम गेब्रेयसस विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: निर्वाचित भएका छन् ।  जेनेभामा भएको डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले उनलाई आगामी पाँच वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित गरेका हुन् । उनी एक्लो उम्मेदवार थिए ।

दोस्रो कार्यकालको लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसरबाट म आभारी छु’ निर्वाचित भएपछि उनले भनेका छन् ।  विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकाहरूलाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको उनको भनाइ छ । उनी निर्वाचन अघि आफूप्रति समर्थन जुटाउन सदस्य राष्ट्र नेपाल पनि आएका थिए ।