प्रचण्डले प्रधानमन्त्री देउवालाई साेधे, ‘एसपीपी सम्झौतामा हस्ताक्षर गर्न लाग्नु भएको हो ?’

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवासँग भेट गर्दै प्रचण्डले हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्‍गको रूपमा एसपीपी रहेको भन्दै उक्त सम्झौतामा हस्ताक्षर कुनै पनि हालतमा नगर्न सुझाएका हुन् ।

प्रचण्डले देउवालाई एसपीपी नेपालको राष्ट्र हितविपरीत रहेको भन्दै ‘एसपीपी सम्झौतामा हस्ताक्षर गर्न लाग्नु भएको हो ?’ भनि प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले राष्ट्रको शिर निहुर्‍याउने गरीका कुनै सन्धि सम्झौतामा हस्ताक्षर नगर्ने बताएका थिए ।प्रधानमन्त्री देउवासँग भेट गर्न प्रचण्डसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि  गएका थिए ।