काठमाडाैं । चौधरी ग्रुपले बजेट निर्माण प्रक्रियामा आफूहरूकाे कुनै संलग्नता नभएको दावी गरेकाे छ ।सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भनेका छन्,यस मामिलामा यदि हाम्रो संलग्नता कतै पुष्टि भएमा हामी कारबाही भोग्न तयार छौँ।’
हाम्रो संलग्नताको बारेमा बिनाआधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ,’ उनले भनेका छन् ।
उनले यस सम्बन्धमा छानबिन गर्न पनि माग गरेका छन् । यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरू कारबाही भोग्नका लागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भनेका छन् । बजेटमा करका दर हेरफेर गर्ने क्रममा अर्थमन्त्री शर्माले चाैधरी ग्रुपसँग सम्बन्धित व्यक्तिकाे प्रयाेग गरेकाे आराेप लागिरहेकाे छ ।
अझ सीसीटीभी फुटेज नै मेटिएकाे भन्ने अर्थमन्त्रालयकाे जवाफले बजेट प्रकरण रहस्यमय बन्दै गएकाे छ । यस विषयमा छानविन गर्न समिति गठनकाे माग गरेता पनि सरकारले चासाे दिएकाे देखिदैन । विगतमा उर्जामन्त्री हुँदा वावाइ कमाएका शर्मा अर्थमन्त्री भएपछि एकपछि अर्काे बदनामी कमाएका छन् ।

