काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेको बताएका छन्।
बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताएका हुन्।
छानबिनलाई सहज बनाउनका राजीनामा दिएको उल्लेख गर्दै प्रचण्डले अर्थमन्त्री राजीनामा दिनैपर्ने बाध्यता नभएपनि पार्टीले नैतिकता देखाएको उल्लेख गरे ।
शर्माले राजीनामा नदिएको भए यही विषयलाई उछाल्दै सरकार र गठबन्धनलाई नै अप्ठयारो पार्ने षड्यन्त्र भएको उनले बताए । प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माले कुनै गल्ती नगरेको पनि दावी गरे ।

