गाेली लागेका जापानका पूर्वप्रधानमन्त्री आबेकाे निधन, आक्रमणकारी प्रहरी नियन्त्रणमा

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , प्रवास , ४ वर्ष अगाडि

टाेकियाे । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनी माथि गोली प्रहार भएको थियो ।

नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उनको निधन भएको सञ्चार माध्यमले जनाएका छन् । यसै बीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।