श्रष्टा सम्मान शाह र मल्ललाई

Dipak Pudasaini Entertainment/मनोरञ्जन , News/समाचार , २ वर्ष अगाडि

काठमाण्डौं, ११ भाद्र । यस बर्षको सारा सँसार श्रष्टा सम्मानले विशिष्ठ अभिनेता निर बिक्रम शाह तथा विशिष्ठ अभिनेत्री गौरी मल्ललाइ सम्मान गरिएको छ । सारा संसार मिडिया प्रा लि को घोषणा तथा सम्मान कार्यक्रम २०७९ को अबसरमा चलचित्र, कला तथा मनोरञ्जन क्षेत्रमा निरन्तर लागि परी अतुलनीय योगदान पुर्याए बापत नगद तथा ताम्रपत्रद्वारा शाह र मल्ललाई सम्मान गरिएको हो
सारा संसार मिडिया प्रालीका संस्थापक अध्यक्ष सारीका तमाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यकारी निर्देशक शंकर प्रसाद दुलाल तथा अध्यक्ष तमाङगले संयुक्त रुपमा कलाकारद्धवयको सम्मान गर्नु भएको थियो ।
सल्लाहकार राजु के सी को संयोजकत्वमा सम्पन्न कार्यक्रममा सम्मानित अभिनेता शाह तथा अभिनेत्री गौरी मल्लले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
मिडीयाले हरेकबर्ष सातै प्रदेशका एक महिला तथा एक पुरुष श्रष्टालाई सम्मान गर्ने योजना रहेको अध्यक्ष तामाङ्गले कार्यक्रमममा जानकारी गराउनु भएको छ ।