काठमाडाें । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पद त्यागेकाे घाेषणा गरेका छन् । प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने घोषणा गरेका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन उनले पद त्यागेकाे घाेषणा गरेका हुन् । पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताए ।
राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘अबबाट म उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् ।राप्रपाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनी एकमात्र सांसद हुन् ।
उनले आगामी निर्वाचनलाइ ध्यानमा राख्दै संसदमा आफ्नो दलको प्रभावकारी उपस्थितिका लागि देश दाैडाहमा निस्कने बताए ।

