सन्दीप लामिछानेविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , २ वर्ष अगाडि

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएपछि त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएकाे हाे ।

हाल देश बाहिर रहेका लामिछानेलाई अब प्रहरीले कुनै पनि बेला पक्राउ गर्न सक्छ ।क्यानका अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । साथै कानुनी उपचारका लागि सहायताका लागि अनुरोध गरेका छन् ।