एकीकृत समाजवादीकाे घोषणापत्र सार्वजनिक,युवालाई १० लाखसम्म निर्ब्याजी ऋण

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।  साेमबार सार्वजनिक गरिएकाे घोषणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीकै कारण जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको आरोप लगाइएको छ ।

सो दलको घोषणापत्रमा ओलीले दक्षिणपन्थी अवसरवादको कारण यस्तो भएको उल्लेख छ ।घोषणापत्रमा एमाले विभाजन गर्नुको कारणबारे व्याख्या गरिएको छ। ओली नेतृत्वको सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिवद्धताअनुरूप काम नगरेको घोषणापत्रमा उल्लेख छ।

 झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी ओलीको नेतृत्वमा संघीय सरकार निर्माण गरिएको थियो,त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो  घोषणापत्रमा भनिएको छ।

एमालेमा व्याप्त अवसरवाद, गैरकम्युनिस्ट विचार, आचरण र कार्यशैली सुधार्नका लागि धेरै प्रयास गर्‍यौं। एमाले नेतृत्वलाई सुधार्न र ठिक ठाउँमा ल्याउन नसकिने ठहर गरिसकेपछि हामीले विद्रोह गर्‍यौं,’ घोषणापत्रमा भनिएको छ।

विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गर्न अभियान सञ्चालन गर्न घोषणा गरेको छ । त्यस्तैनेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थथहरूको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने एकीकृत समाजवादीले घोषणापत्रमा उल्लेख गरेकाे छ ।

वर्तमान निर्वाचन प्रणाली अन्त्यन्त खर्चिलो भएको भन्दै सुधारका लागि पहल गर्ने उल्लेख छ । ‘निर्वाचन प्रणालीमा सुधार अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो समेत छ,’ घोषणापत्रमा भनिएको छ,  कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।