भूमिहीन सुकुम्बासीको लगत संकलन कार्य शुरू

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । भूमि आयोगले स्थानीय तहमा भूमिहीन सुकुम्बासीको लगत संकलन लगायतका काम शुरू गरेकाे छ ।

आयोगले मंगलबार सूचना प्रकाशित गरी भूमिहीन सुकुम्बासीको लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा दर्ता प्रमाणपत्र वितरणको काम शुरु गरेको जनाएको हाे। प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको अचारसंहिताका कारण आयोगले कामकाज रोकेको थियो।

निर्वाचन आचारसंहिता हटेसँगै आयोगले काम पुनःसूचारु गरेको हो। यी सबै काम स्थानीय तहबाट हुने भएका छन्। यसअघि पनि आयोगले स्थानीय तहसँगको समन्वयमा काम सञ्चाल गरेको थियो।निर्वाचन आयोगले मंसीर २६ (हिजाे) गतेबाट निर्वाचन आचारसंहिता हटाएकाे थियाे ।