राप्रपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , २ वर्ष अगाडि

काठमाडाैं । संघीय संसद्को पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताउनु भएकाे हाे। तर उनले बाहिरबाटै समर्थन गर्ने निर्णय बताए ।

यस्तै, प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएको छ । उसले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ ।पार्टीकी अध्‍यक्ष रञ्जिता चौधरीले प्रचण्ड नेतृत्वको सरकारलाई भए पनि सरकारमा जाने कुरा तत्काल पार्टीले नसाेचेकाे बताइन् ।

राप्रपा र नागिरक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएपछि अब गठबन्धनमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी सहभागी हुने भएका छन् ।त्यस्तै स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह र प्रभु साहले पनि सरकारलाई समर्थन गरेका छन् ।