मैतीदेवी चोककाे प्रहरी बिट महानगरले भत्कायाे

NewsBankNepal Banner Headline with Image , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । मैतीदेवी चोकस्थित सडकमै रहेको प्रहरी बिट काठमाडौं महानगर प्रहरीले आज भत्काएको छ । महानगरपालिकाको टोलीले पहिले सामान सार्न लगाएर डोजर प्रयोग गरी प्रहरी बिट भत्काएको हो ।महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार नेपाल प्रहरीसँग समन्वयमै बिट अर्को स्थानमा सारेर त्यहाँको बिट हटाइएको हो ।

मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन गरिएको थियो । सो क्षेत्रमा सवारी साधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता थियो ।