उपत्यकामा फेरि बर्डफ्लुकाे संक्रमण बढ्न थाल्याे

NewsBankNepal Banner Headline with Image , Business/अर्थ ब्यापार , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं उपत्यकामा फेरि बर्डफ्लुकाे संक्रमण बढ्न थालेकाे छ ।बर्डफ्लु देखिन थालेपछि किसानहरू फेरि चिन्तित बनेका छन् ।  बर्डफ्लुपीडित किसानले झन्डै ५८ करोड रुपैयाँ पाएका छैनन् । राहत दिने सरकारी घोषणा आश्वासन मात्रै हुँदा उनीहरूको चिन्ता बढेको हो ।

माघ १५ देखि २० गतेको बीचमा उपत्यकाका ६ ठाउँमा बर्डफ्लु पुष्टि भएको छ । ललितपुर–१५ स्थित खुमलटार, भक्तपुर–१० चाँगुनारायण, नागार्जुन–६ रामकोट, तारकेश्वर–१ र ७ र काठमाडौं महानगरपालिका–१० शंखमूलमा बर्डफ्लु भेटिएको हो । नागार्जुन र तारकेश्वर सबैभन्दा बढी प्रभावित देखिएको विभागले जनाएको छ ।

सरकारबाट राहत नपाउँदा थलीका एक किसानले आत्महत्यासमेत गरेका थिए । राहत नपाउँदा बैंक तथा सहकारीको ब्याज तिर्न समस्या भइरहेको किसानहरूले बताएका छन् । ‘बर्डफ्लुपीडित सबै किसानको अवस्था उस्तै छ ।

यसअघि बर्डफ्लु रोग नियन्त्रण आदेश २०६४ अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने कमिटीले सिफारिस गरेको आधारमा क्षतिपूर्ति दिइन्थ्यो । अब नियमावलीमार्फत क्षतिको ७५ प्रतिशत राहत पाउने जनाएको छ ।नेपालमा २०६० सालमा झापाबाट बर्डफ्लु सुरु भएको थियो ।