राष्ट्रपति निर्वाचन: कांग्रेसले थापेकाे ढोक्सामा पर्यो माछा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेकाे आशंका बमाेजिम नेपाली कांग्रेसले अन्तत ढाेक्सामा माछा पार्याे । एमालेसँगकाे सहमतिलाइ लत्याउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने ८ दलकाे बैठकमा सहमति जुटाएका हुन् । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थापेपनि माछा नपर्ने ओलीले बताएका थिए ।

बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको छ । पुरानो सत्ता गठबन्धनका ५ दल र थप तीन दलको बैठकले सो निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।

नेपाली कांग्रेसले शनिबार बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत चर्चामा छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी पुरानाे गठबन्धनमा जनमत पार्टी, लोसपा र नागरिक उन्मूक्ति पार्टी पनि थपिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नै ठूलो दल भएको हैसियतले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा बैठकमा सहभागी सबै दलले समर्थन गरेको ज्वालाले बताए ।