सरकार अयोग्य लडाकुलाई दुई लाख राहत दिन प्रक्रिया अघि बढाउँदै

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाै‌ । सरकारले प्रमाणीकरण भएका अयोग्य लडाकुलाई दुई लाख राहत दिन बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।

साेमबारकाे मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलार्ई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो ।   गृहसचिव विनोदप्रकाश सिंहले सकेसम्म चालू आर्थिक वर्षदेखि नै वितरण गरिनेछर वितरणको काम चरणबद्धरुपमा गरिने जानकारी दिए । राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने सचिव सिंहले जानकारी दिए ।

  उनका अनुसार संयुक्त राष्ट्रसङ्घीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा चार हजार आठ अयोग्य लडाकु रहेका छन् । यसअघि २०७३ सालमा उनीहरुलाई दुई लाख राहत दिने भनिए पनि अन्ततः रोकिएको थियो ।

  तत्कालीन शान्ति प्रक्रियाका समयमा माओवादी लडाकु शिविरमा १९ हजार लडाकु रहेका थिए त्यसमध्ये अनमिनको प्रमाणीकरणमा अयोग्य ठह¥याइएका चार हजार आठ लडाकु बाहिरिएका थिए । एक हजार चार सय जति लडाकु नेपाली सेनामा समायोजन भए भने बाँकी स्वेच्छिक अवकाशमा गएका थिए ।