ढाकाकुमार श्रेष्ठकाे निष्कासित, विन्दवासिनी कंशाकारलाई सांसद बनाउने रास्वपाकाे निर्णय

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गरी विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ ।

  केन्द्रीय समितिको बैठकले आज कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको हो । घुस मागेर पार्टीको बदनाम गरेको र भ्रष्टाचारलाई बढावा दिन खोजेको देखिएकाले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यबाटै हटाएर उनको सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए।  

उनका अनुसार श्रेष्ठको सांसद पद खारेजीका लागि संसद् सचिवालयलाई जानकारी गराउने र रिक्त रहेको पदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा निवेदन दिने पनि पार्टीले निर्णय गरेको छ ।  

निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रोल क्रमअनुसार विन्दवासिनी कंशाकार अघि रहेकाले उनलाई निर्वाचित भएको घोषणा गरिदिन पार्टीले आयोगलाई निवेदन दिने निर्णय गरेको बताइएको छ ।