आठौं पटक मन्त्रिपरिषद् विस्तार,अझै पाएन पूर्णता

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका एनपी साउदलाई नियुक्त गरेका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) की नेत्री नन्दा चपाई परराष्ट्र राज्यमन्त्री नियुक्त भएकी छन् ।चपाइलाई प्रधानमन्त्री दाहालले सोही समारोहमा पद तथा गोपनीताको शपथ ग्रहण गराए ।प्रधानमन्त्री प्रचण्डले यसअघि चैत १७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । अझै पाँच मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको काँधमा छ ।