राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगियो

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।

पेटमा देखिएको इन्फेक्सन नघटेपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्लीको एम्स अस्पताल लगिएको हो ।

राष्ट्रपति पौडेल मंगलबार बेलुकी मात्र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए।राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन् ।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए । पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो ।