यी उम्मेदवार जसले आफैंलाई भाेट दिन पाएनन्

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि


काठमाडौं । प्रतिनिधिसभा तर्फको चितवन-२,बारा-२ र तनहुँ -१ मा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान जारी छ । मतदान साँझ ५ बजेसम्म रहनेछ । मतदान केन्द्रमा बिहानैदेखि मतदाताको भिड लागको छ ।

यस उपचुनावमा आफै उमेदवार रहेका केही व्यक्तिले भने मतदान गर्न पाएनन् ।ती उमेदवारले आफू उमेदवार रहेको अथवा उपनिर्वाचन हुन लागेको क्षेत्रमा मतदाता नामावली नभएकाले मतदान गर्न नपाएका हुन् ।

चितवन–२ का उमेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मतदाता नामावलीमा काठमाडौंमा भएकाले उनले आफूलाई मत दिन पाएनन् भने सोही क्षेत्रमा नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपानेको पनि मतदाता नामावली चितवन–३ मा भएकाले मत दिन पाएनन् । 

यस्तै तनहुँ–१ मा रास्वपाका उमेदवार स्वर्णिम वाग्लेले पनि मतदान गर्न पाएनन् । उनकाे मतदाता नामावली चितवनमा छ । यस्तै एमाले उमेदवार सर्वेन्द्र खनालको काठमाडौंमा छ । 

बारा–२ मा सत्ता गठबन्धनका उमेदवार जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका पुरुषोत्तम पौडेल र
रास्वपाका उमेदवार रमेश खरेलले पनि उक्त निर्वाचन क्षेत्रमा अाफ्नाे मतदाता नामावली नरहेकाले भाेट हाल्न पाएनन् । खरेल काठमाडौका मतदाता हुन् ।