सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं । सरकारको नयाँ आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडलले जेठ ५ गते संघीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रमलाई आज बसेको संसद्को बैठकले पारित गरेको हो । 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०-८१ को नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको बताउनुभयो । 

यसअघि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुभएको थियो । प्रतिनिधि सभाको अर्को बैठक जेठ १४ गते दिनको १ बजे बस्ने छ ।