टीकापुर घटनाको विस्तृत छानबिन हुनुपर्छ : रेशम चौधरी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि


काठमाडौं । आममाफी पाएर कारागारबाट मुक्त भएका रेशम चौधरीले टीकापुर घटनाको विस्तृत छानबिन हुनुपर्ने बताएका छन्।आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सो कुरा बताएका हुन् ।वि।स २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी, प्रहरी जवान जनक नेगी र डेढ वर्षीय बालक टेकबहादुर साउद मारिएका थिए ।

सो घटनामा जन्मकैदको सजाय तोकिएका चौधरीले राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएसँगै रिहा भएका हुन् ।उनलाई लिन नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी पुगेकी थिइन्।