टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । नक्कली शरणार्थी प्रकरणमा जोडिएका एमाले नेता टोपबहादुर रायमाझीको सांसद पद स्वतस् निलम्बन भएको छ ।

काठमाडौं जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेसँगै रामयमाझी सांसदबाट निलम्बित भएका हुन् ।

प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा सांसद निलम्बनमा पर्ने प्रावधान छ । अब अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै गतिविधि गर्ने पाउनेछैनन् ।