काठमाडाैं ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले ७० वर्षको उमेरहद हटाउने निर्णय गर्नु परेको बताएका छन् ।
अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले ७० वर्ष माथिकोले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरूलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नु परेको स्पष्टीकर बताए।
अध्यक्ष ओलीले कसैले पनि पराजित गर्न नसक्ने खालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताए। उनले निष्ठा र इमान्दारिताका साथ सक्रिय भइ जनताको जीवनमा परितर्वन ल्याउने गरी काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
उनले एमाले सबैका लागि एउटै परिवार जस्तो भएकाले योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइने बताए। उनले पार्टीमा चाकडी चल्ने स्पष्ट पार्दै कामका आधारमा मूल्याङ्कन हुने बताए ।
एमालेले भन्ने बेलामा एउटा र गर्ने बेलामा अर्को काम गर्दैैन ।” नेपाली समाजको आधुनिक जागरण, सचेतनामा एमालेको भूमिका रहेको भन्दै उनले सामाजिक न्याय, समानता, पछाडि परेका समुदायको हकअधिकारका लागि कम्प्युनिष्ट पार्टी स्थापना गरिएको बताए ।

