काठमाडाैं । उपत्यकामा वितरण भइरहेको मेलम्चीको पानी बितरण बन्द गरिएको छ । वर्षाका कारण सिन्धुपाल्चोक हेलम्बुस्थित मुहानको पानीमा माटो र बालुबा मिसिन थालेपछि सुरुङ बन्द गरिएको हो । कम्तीमा दुई महिना पूर्ण रूपमा हुने अायाेजनाले जनाएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत २ गते मेलम्ची मुहान पुगेर पानी बाह्रै महिना सञ्चालन गर्न सबै उपाय अपनाउने घोषणा गरेको दुई सातामा पानी बन्द भएको छ ।
२०७८ साल असारमा आएको बाढीले मुहानको माथिल्लो भागबाट आएको बाढीपहिरोबाट क्षतिग्रस्त आयोजनाको पुनः निर्माण हुन सकेको छैन । दीर्घकालीन रूपमा मेलम्चीलाई कसरी स्थायित्व दिने योजना बन्न सकेको छैन ।

