शरणार्थी प्रकरणको अडियोबारे आरजुले भनिन्-मलाइ जबर्जस्ती तान्न खोजियो

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताएकी छिन्।

उक्त अडियोको अनुसन्धान गर्न उनले प्रहरीमा दिएको उजुरीको छानविनबाट पनि सो प्रमाणित भएको उनको भनाइ छ।

उक्त अडियो संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग डा राणा र मञ्जु खाँडलाई रकम बुझाएको बताएका थिए। त्यो आवाज हाल अनुसन्धानमा रहेका दाङका सन्देश शर्माकै भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

सो अडियोको छानविन गर्न डा राणाले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन्।आफूलाई जोडेर ‘फेक अडियो’ बद्नियतपूर्णरुपमा रेकर्ड गराइएको भन्दै सो अडियो कसले बनाएको हो र सामाजिक सञ्जालमा कसले राखेको हो भन्ने विषयको अनुसन्धान गरी दोषीमाथि कारबाही गरिपाउँ भन्दै उनले गत वैशाख २७ मा उजुरी दिएकी थिइन्।

सोही उजुरीका आधारमा अनुसन्धान गरेको प्रहरीले सो आवाज शरणार्थी प्रकरणका आरोपी सन्देश शर्माको आवाजको ‘स्याम्पल’सँग मेल खाएको जानकारी आइतबार गराएको छ।