काठमाण्डौ ३१ असार । नेपाल आष्य निगमले भरे राती १२ बजे देखी लागु हुनेगरी एल पी ग्याँस सहित पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।
आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वाणिज्य सचिव मधुकुमार मरासिनीले आजबाट एलपी ग्याँस सहित पेट्रोल र डिजेलको मूल्य पनि घटाएको बताए । उनका अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ भने ग्याँसमा प्रति सिलिन्डर १० रुपयाँ घटाएको छ ।

योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम हुने छ । डिजेलको मूल्य १४६ रुपैयाँ कायम हुने छ । आजसम्म पेट्रोलको मूल्य १७० रुपैयाँ छ भने डिजेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ रहेको छ । साथै १ हजार ८ सय रुपयाँ रहेको एलपी ग्याँसको मुल्य अब १ हजार ७ सय ९० कायम भएको ।
स्वचालित मूल्य प्रणालीमा जाँदा मूल्य आफैँ घटबढ हुने भएकाले आगामी दिनमा बोर्डको कुनै पनि संलग्नता नरहने पनि सचिव मरासिनीले स्पष्ट पारे ।

