काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद भएको छ।
विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको ठूलो परिमाणको सुन बरामद भएको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ। विभागले चलाएको अपरेशनका क्रममा झण्डै १०० किलो सुन बरामद भएको हो ।
विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ।
अहिले पनि अपरेशन जारी रहेकाले सुन ठ्याक्कै यति नै छ भनेर एकिन हुन सकेको छैन। राजस्व अनुसन्धान विभागका अधिकारीहरूका अनुसार यस बिषयमा अनुसन्धान भइरहेको छ।

