काठमाडौैं। उत्तरी छिमेकी मुलुक चीनले आफ्नो नयाँ नक्सा जारी गरेकाे छ । उक्त नक्सामा नेपालको पुरानै नक्सा राखेर जारी गरिएकाे छ । नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।
नेपालको नयाँ नक्सालाई भारतले स्वीकार नगरिरहँदा चीनले पनि भारतकै पक्षमा देखिने गरी सोमबार नयाँ चुच्चे नक्साको स्थानमा पुरानै नक्सालाई स्थान दिएर आफ्नो नयाँ नक्सा बाहिर ल्याएको हो ।
भारत र चीन बीच सीमा विवाद चलिरहँदा दुवै मुलुकले दाबी गरिरहेका ‘अक्साई चीन’ र अरुणाञ्चलको भागलाई समेटेर चीनले नक्सा निकालेको हो । चीनले नेपालको सीमा सम्बन्धमा विवादास्पद कुरा बाहिर ल्याएको पहिलो पटक भने होइन ।
चीनले निकालेको नयाँ नक्साका सम्बन्धमा भने नेपाल सरकारले भने अहिले कुनै पनि प्रक्रिया जनाएकाे छैन । प्रष्ट बुझेर मात्र यस विषयमा प्रतिक्रिया दिने स्राेतले उल्लेख गरेको छ ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ चीनले नेपालको नयाँ नक्सालाई नसमेट्नुलाई नेपालको कूटनीति कमजोर भएको र चीनले पनि नेपाललाई इग्नोर गरेको रुपमा विश्लेषण गर्नु हुन्छ ।चीनले जहिले पनि नेपाल र भारतको भूमि विवादलाई लिएर दुई मुलुकबीच मिलाउनु पर्छ भन्दै आए पनि अहिले आएर नेपाललाई बेवास्ता गरिएको जस्तो देखियो उनले भने ।