सुवासजी मेरो सुख दुःखको साथी हुनुहुन्थ्याे:अध्यक्ष ओली

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडौँ,। नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति अध्यक्ष केपी शर्मा ओलीले भावुक हुँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत सुवास नेम्वाङ पार्टीको उपाध्यक्ष मात्रै नरहेको मेरो हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ भनेर लेख्नुभएको छ ।

लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैँ सम्झिरहने उल्लेख गर्दै ओलीले लेख्नु भएकाे छ, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली । ’