काठमाडाैं ।सरकारले बझाङ लगायका जिल्लामा भूकम्पबाट मृत्यु भएकाको परिवारलाई तत्काल २ लाख दिने भएको छ ।यस्तै भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ राहत दिने भएको छ ।
भूकम्प प्रभावितको स्थिति बुझ्न शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त रकम घोषणा गरेका हुन् ।
भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप १५ देखि २० हजार तत्काल राहत खर्च दिने भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताइएको छ ।
भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ । क्षति पुगेका संरचनाहरूको यथाशीघ्र पुनः निर्माण गरिने समेत जनाइएको छ ।