भुटानी शरणार्थी काण्ड : टोपबहादुर सहित ९ जनालाई पुर्पक्षकालगि थुनामा राख्ने आदेश

NewsBankNepal MainNews/प्रमुख समाचार , Politics/राजनीति , ११ महिना अगाडि

काठमाडौं, १५ मंसिर। उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो ।