क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १२ महिना अगाडि

काठमाडाैं,१३ पुस । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।लामिछानेले पीडितलाई नगरकोट घुमाएर काठमाडौंमा ल्याई होटलमा राखेर करणी गरेको अदालतले ठहर गरेको छ ।

अदालतले पीडित गौशाला-२६ को जन्ममिति २०६३ असार १८ गते भएको भन्दै उनलाई नाबालिग भने ठहर गर्न नसक्ने जनाएकाे छ । पीडित ‘गौशला २६’को उमेरबारे पनि निकै विवाद भएको थियो ।

पीडित गौशाला २६ को कमजाेर आर्थिक अवस्थाको फाइदा उठाएर करणी गरेकाले सहमतिको नभएको भन्दै अदालतले भनेको छ।अदालतले सीसीटिभी फुटेज, पीडितको बकपत्र, साक्षीको बयान लगायतका तथ्यलाई निर्णय आधारका रुपमा लिएको हाे ।  पुस २५ गते लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुने छ ।