ट्यांकर चालक संघ र निगमबीच सहमति

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ महिना अगाडि


काठमाडाैं । आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीचको छलफलमा सहमति जुटेको छ ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति जुटेको हो । १५ दिनभित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

नेपाल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा गठन हुने समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।

सहमतिसँगै ट्यांकर चालक संघले आन्दोलन फिर्ता लिएको छ । चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत ७ बुँदे माग राखेर आइतबारदेखि थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए ।