भारतीय बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाकाे मृत्यु(नामसहित)

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ हप्ता अगाडि

चितवन । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा २७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ महिला, नाै पुरुष र एक बालिकासहित २१ जनाको मृत्यु भएको हाे।   घाइतेमध्ये केहीको उपचारको क्रममा वा उपचार गर्न पठाउँदै गर्दा बाटोमा मृत्यु भएको हो। सबै शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको प्रहरीले जनाएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार गम्भीर अवस्थामा रहेका १२ घाइतेलाई सेनाको उक्त हेलिकप्टरबाट उपचारका लागि काठमाडाैं पठाइएको छ।

उनीहरूकाे महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ ।चारजना घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। २९ जनाको उद्धार गरिएको र तीमध्ये १५ जना बोल्न सक्ने अवस्थामा रहेको गाैतमले जानकारी दिए। बसमा सवार केही मानिस बेपत्ता भएका र उनीहरूको खोजी भइरहेको छ।

यूपी ५३ एफटी ७६२३ नम्बरको बस उक्त बस पोखराबाट काठमाडाैंतिर जाँदै गर्दा बिहान ११ बजेतिर आँबुखैरेनीको ऐनापहरानजिकै सडकबाट मर्स्याङ्दी नदीमा खसेको थियो। बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए। दुर्घटनाको कारण खुल्न बाँकी छ।

मृतकका सूची ः

पुरुष 

१. सुहास प्रभाकर राणे

२. तुकशीयराम बुधो तायडे 

३. सुधारकर बकीराम जावके

४. सागर कडु जावके

५. सन्दिप राजाराम सरोदे

६. गणेश पांडुरङ्ग भारंबे

७. पंकज भावगत भंगाके

८. प्रमोद सुरेष पाटिल

९. मुरलीजा खान (चालक) 

महिलाः

१०. सरला सुहास राठी

११. निलीमा सुनिल धांडे

१२. मङ्गला विलास राठो,

१३. रोहिणी सुधाकर जावके

१४. भारती प्रकाश जावके

१५. पल्लबी सन्दिप सरोदे

१६. सुलभा पांडुरङ्ग भारंबे

१७. मिनल गणेश भारंबे

१८. निलीमा चन्द्रकान्त जाबके

१९. आनिता आविनाश पाटिल

२०. निलीमा भिकड 

बालिकाः

२१. परी गणेश भारंबे (चार वर्षीया)