टेक्सस ।अमेरिकामा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या गरिएकाे छ ।
भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको अवस्थामा पाइएको प्राप्त समाचारमा जनाइएकाे छ ।
अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।
दुई दिनदेखि स्वीच्डअफ रहेकाे उनको फोन भने फेला परेको छैन । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । साभार अनलाइनखबर