कागे अष्टमीमा कागेश्वरीमा भक्तजनको घुइँचो

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ हप्ता अगाडि

काठमाडाैं । आज कागे अष्टमी पर्व मनाइँदै छ।कागे अष्टमीमा अवसरमा कागेश्वर मनोहरा नगरपालिका-१ मा पर्ने कागेश्वरीको मन्दिरमा घुइँचो लागेको छ। कागेश्वरीमा लाग्ने मेला भर्न उपत्यकाको तीन जिल्लाका साथै नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायतका स्थानबाट आएका श्रद्धालुभक्तजनको घुइँचो लागेकाे छ ।  कागेश्वरीमा पूजा गर्दा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ।

गंगा दशहरा वा श्रावण शुक्ल पूर्णिमामा गोसाइँकुण्डमा पुगेका भक्तजनले ल्याएको जल कागे अष्टमीमा कागेश्वरीमा चढाउनुपर्छ भन्ने मान्यता छ। गोसाइँकुण्ड पुग्नेले यहाँ जल नचढाए धार्मिक यात्रा पूरा नहुने बताइन्छ।कागे अष्टमीमा कागेश्वरी-मनाेहरा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।