असोज १३ देखि सुकिला नोट साट्न पाइने

Bhim Thapa Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , १ हप्ता अगाडि

काठमाडाैं । आगामी दसैं, तिहार र छठका लागि असोज १३ देखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने जनाएको छ ।

राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका साथै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्न पाइनेछ ।

विगतका वर्षहरूमा दसैंलाई लक्षित गर्र्दै राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको राष्ट्र बैंकले जनाएको छ ।