धनराज गुरुङसँग सिआइबीले लियाे कागजी बयान

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सहकारीको रकम अपलचन सम्बन्धी कागजी बयान लिएको छ ।

धनराजले आफू सहकारीका जोडिनु र श्रीमतीसँग भएको सम्बन्ध विच्छेद बारेसमेत बयान दिएका छन् । करिब ११ बजे सीआइबी पुगेका गुरुङसँग प्रहरीले उनकी पूर्वश्रीमती ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण र उनले भुक्तान गरेको भनिएको ९२ लाख रुपैयाँका बारेमा सोधपुछ गरेको छ । धनराजले मितेरी सहकारीमा तिरेको भनिएको ऋणका बारे प्रष्टीकरण दिए ।

सीआईबीले  गुरुङले दिएको बयानको तथ्य खोज्ने भएकाे छ । मितेरी सहकारीका सञ्चालक समितिले दिएको उजुरीका आधारमा धनराजमाथि छानबिन सुरु भएको हो । सहकारी सम्बन्धी छानविन गर्न बनेको संसदीय विषेश समितिले पनि आफ्नो प्रतिवेदनमा धनराज गुरुङमाथि छानविन गर्नुपर्ने राय दिएकाले पनि सीआईबीले बोलाएको हो ।

गुरुङलाई बुधबार सीआईबीमा बोलाएर प्रहरीले मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धी कागज गराएको हो ।