निकिता पौडेल उपाध्यक्ष रहेको सहकारीका सञ्चालकमाथि पनि अनुसन्धान गर्न प्रहरीलाई पत्र

Bhim Thapa Banner Headline with Image , Latest Update , News/समाचार , ३ हप्ता अगाडि

काठमाडाैं ।रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल जोडिएको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिनामा अनुसन्धान गर्न काठमाडौं महानगरपालिकाले प्रहरीलाई पत्र लेखेको छ ।
बचतकर्ताको उजुरीका आधारमा महानगरको सहकारी विभागले साई स्वागत सहकारीमाथि केही महिनादेखि अध्ययन गरिरहेको थियो । अध्ययन सकिएपछि सोमबार महानगरले अनुसन्धानका लागि प्रहरीलाई पत्र लेख्ने निर्णय गरेको थियो । महानगरको छानबिनमा संस्थाका सञ्चालकले बचतकर्ताको रकम हिनामिना गरेको, बचत परिचालनमा गम्भीर त्रुटि तथा जालसाजी गरेको देखिएपछि तत्–तत् समयका सञ्चालकमाथि अनुसन्धान र कारबाहीका लागि भन्दै प्रहरी परिसरलाई पत्र पठाइएको हो ।

साई स्वागत सहकारीमा २०७५ पुस २८ को साधारणसभाबाट भरतमणि जंगम अध्यक्ष, निकिता पौडेल उपाध्यक्ष, शंकर उपाध्याय दाहाल सचिव र लुमन दाहाल कोषाध्यक्ष चुनिएका थिए ।किताले उपाध्यक्ष रहेकै बखत धितो नराखी ५० लाख ऋण लिएको र त्यस्तै प्रवृत्तिमा ऋण प्रवाह गरिँदा सहकारी संकटमा परेको भन्दै बचतकर्ताले महानगरमा उजुरी दिएका थिए ।