काठमाडाैं । बाजुरमा आज गएको ५ दशमलव २ रेक्टरको भूकम्पबाट १५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले मानवीय क्षति नभए पनि हालसम्म १५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएकाे बताए ।भूकम्पले क्षति पुगेका घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको छ ।
भूकम्प पीडितका लागि आइतबारदेखि राहतको व्यवस्था गर्ने सरकारकाे योजना छ । १५० भन्दा बढी घरमा भूकम्पले आंशिक क्षति पुर्याएको छ । बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।