सरकार परिवर्तन गर्ने पक्षमा भारत छैन: परराष्ट्रमन्त्री राणा

Bhim Thapa Banner Headline with Image , Latest Update , News/समाचार , ११ महिना अगाडि


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतले नेपाल सरकार परिवर्तन गर्ने कुनै आशय नरहेको स्पष्ट पारेकी छन्।

शुक्रबार भारत भ्रमण सकेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारतीय पक्ष लोकतान्त्रिक प्रणालीको समर्थनमै रहेको बताइन्।

‘नेपालको राजनीतिक गतिविधिबारे धेरै छलफल नभए पनि भारतीय पक्ष लोकतान्त्रिक प्रणालीमै प्रतिबद्ध देखिएको छ,’उनले भने, ‘सरकारको संरचना नै परिवर्तन हुने संकेत मैले देखिनँ।’

उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग समकक्षीको हैसियतमा भेट भएको बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटको प्रस्ताव नै नगरेको स्पष्ट पारिन्।