दिपक पुडासैनी
काठमाण्डौ, गत चैत्र १५ गते काठमाण्डौको तिनकुनेमा भएको घटनामा एभिन्यूज टेलिभिजनमा आबद्ध पत्रकार सुरेश रजकको हत्या भयो । कयौ पत्रकार घाइते भए,अन्नपुर्ण पोष्ट, कान्तिपुर टेलिभिजन लगायतका केहि सँचार माध्यम तोडफोड भए । आमजनता यो घटनाबाट बेखबर छैनन भने सरकारलाई थाहा छैन कसरी भन्न सकिन्छ ?
आफ्नो सदस्यको हत्या हुँदा जुन किसिमको सक्रियता बिरोध,छानबिन,क्षतिपुर्ती, र भबिश्यमा पत्रकारको सुरक्षा ज्ञारेन्टिका लागी, आवाज जसरी उठाउनू पर्ने हो नेपाल पत्रकार महासँघ भने त्यसमा चुकिरहेको छ ।
लाज ढाक्नको लागी कहिले ७ दिने अल्टिमेटम त कहिले कुन कार्यक्रम भन्दै धाराबाहिक सिरियलको कर्मकाण्डमै सिमित छ । नेपाल पत्रकार महासँघको नब निर्बाचित पदाधिकारीहरुलाई सूचना तथा सन्चार प्रबिधिमन्त्री पृथ्बीसुब्बा गुरुङले पटक पटक सार्बजनिक कार्यक्रममै सरकारको बिरोध नगर्न प्रतक्ष अप्रतक्ष दबाब दिइरहेका छन । मन्त्री गुरुङको सिधा भनाइ छ ः पत्रकार महासँघका अध्यक्ष लगायतका पदाधिकारीहरु उनिहरुको निगनहमा टिकट पाएर चुनाब जितेका हुन, त्यसैले उनिहरुको आदेश बिना महासँघले केहि गर्न मिल्दैन, केहि गर्न सक्दैनन ।
अन्नपुर्ण पोष्ट तथा कान्तिपुर टेलिभिजन लगायतका सँचारगृह तोडफोड, कयौ पत्रकार घाइते तथा पत्रकार सुरेश रजकको कार्यस्थलमै हत्या हुँदा समेत महासँघ कर्मकाण्डी बिरोधमा मात्रै लाग्नुले महासँघलाई सरकारको नून चर्को भएको हो कि भन्ने आभाष हुन्छ ।
पत्रकार माथी यो हदसम्मको अत्याचार हुँदा प्रधानमन्त्रीको निवास तथा कार्यालय, सँचार मन्त्रीको निवास तथा कार्यालय घेराउ देखी सँम्पुर्ण सरकारी कार्यक्रम बहिस्कार समेत गर्नुपर्नेमा महासँघ कहिले सात दिने अल्टिमेटम भन्छ, कहिले मानब अधिकार आयोगलाइ ध्यानाकर्षण गराउने भन्छ, कहिले गृहमन्त्रीलाई सन्देश पठाउने भन्छ ( भेटेर चुनैति दिने हिम्मत राख्दैन ) सँम्पादक सँग छलफल गर्ने भन्छ, मन्त्री प्रधानमन्त्री भेट्ने हिम्मत गर्दैन । जुन सँचार गृह तोडफोड भएका छन तिनैका सँम्पादक सँग छलफल गर्ने भन्छ । पूर्ब सभापति सँग छलफल गरेर बस्ने भन्छ, यति कामको लागी पत्रकारको हत्या भएकै करिब महिना दिन भै सक्छ ।
पिडित पत्रकारका लागी महासँघले केहि गर्दैछ पनि भन्ने, केहि गरेजस्तो पनि गर्ने तर मलिक रिसाउलान भनेर ठोस कदम पनि नचाल्ने कुटिल राजनितीमा महासँघ भएको देखिन्छ । यसबाट के पुष्टि हुन आउाछ भने पत्रकार महासँघमा चुनाब लड्न र जित्नको लागी नेताको आशिर्बाद र कृपा लिदा पत्रकारको हक, हित, सुरक्षा र सँरक्षणमा आवाज उठाउन गाह्रो हुने रहेछ ।
जसको नून खायो उसैको सोझो नचिताए आफ्नै अनिष्ठ हुन सक्ने भय मनमा रहि रहँदो रहेछ । त्यसैले भनिएको हो मुठि भित्र बसेर स्वतन्त्रताको नारा फलाक्नुु भन्दा स्वतन्त्र भएरै स्वतन्त्रताको वकालत गरियो भने यस्तो परिबेशमा सरकारलाई खबरदारी गर्न सहज हुन्छ । अन्यथा अहिले जस्तै सरकारको अगाडी भिजेको बिरालो जस्तो बनेर बस्नु पर्छ ।