एनआरएनए उच्चस्स्तरीय समितिका संयोजक घले भन्छन्- एकता महाधिवेशन कुनै हालतमा सर्दैन

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , १ महिना अगाडि

काठमाडौँ ८ बैशाख । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन कुनै पनि हालतमा नसर्ने एनआरएनए उच्चस्स्तरीय समितिका संयोजक डा. शेष घलेले बताएका छन् । समितिद्वारा सोमबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एकता महाधिवेशन मे महिनाको ३ देखी ५ तारिख सम्म काठमाडौँको हायात होटलमा हुने छ ।

संयोजक डा. घलेले लामो समयदेखि विवादमा अल्झिएको सङ्घलाई एकताबद्ध गर्दै महाधिवेशनबाट समस्या समाधान हुनेमा आफू बिश्वस्त रहेको बताए । ‘विवादरहित संंस्था बनाउन सर्वोच्चले दिएको परामदेशका आधारमा संस्थालाई आवश्यक सुधार गर्न महाधिवेशन हुँदै छ,’ उनले भने, ‘निष्पक्षताका लागि लड्नैपर्ने रहेछ। अब नयाँ ढङ्गले एनआरएनए बनाएर अगाडि बढ्ने छौँ।’

एकता महाधिवेशनमा बढीभन्दा बढी एनआरएनको सहभागिताका लागि निःशुल्क सदस्यताको व्यवस्था गर्नुका साथै सदस्यताका लागि आवेदन दिने मिति पटक–पटक थप गरिएको समितीका सदस्य बिनोद कुँबरले जानकारी दिए ।

एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका सदस्य सचिव रविना थापाले एनआरएनए उच्चस्तरीय समितिको वेभसाइटमा १६ हजारभन्दा बढीले सदस्यताका लागि आवेदन दिएको जानकारी दिइन्।

‘उच्चस्तरीय समितिलाई पठाइएको सङ्ख्या हेर्दा उक्त सङ्ख्या ४७ हजार बढी रहेको छ। उच्चस्तरीय समितिको वेभसाइट र एनसीसीहरूबाट आएको सङ्ख्या जोड्दा ६३ हजारभन्दा बढी सदस्य बन्नुभएको छ,’ उनले भनिन्, ‘एकता महाधिवेशनमा प्रतिनिधिको रूपमा सहभागी हुन आइतबारसम्म दुई हजार सात सयभन्दा बढीले निवेदन दिइसकेका छन्। आवेदनका लागि मङ्गलबारसम्म समय रहेकोले यो सँख्या तिनहजार भन्दा बढी हुन सक्ने छ।’

सङ्घले कानुनी सर्वोच्चताको पालना गर्दै खुला छलफल, वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन र तोकिएको मितिमा काठमाडौँमा भेला भएर एकता महाधिवेशनलाई सफल बनाउन आह्वान समेत गरेको छ ।


महाधिबेशन भाँड्ने प्रयासमा केसी समुह
सर्बोच्च अदालतको परमादेश अनुसार एकता महाधिबेशन गराउने अन्तिम तयारीमा रहेको उच्च स्तरिय समितीको प्रयासमा बद्रि केसी समुह तगारो हाल्ने प्रयासमा रहेको छ । सोहि प्रयोजनका लागी केसीले आफु निकटका केहि एनआरएनहरु लाई बोलाई राजनैतिक भेटघाट तिब्र पारेका छन । राष्टपति देखी प्रधानमन्त्री, सभामुख, राष्टिय सभा अध्यक्ष लगायत सँग उनिहरुको भेट र छलफल चलिरहेको बुझिएको छ । सर्बोच्चको पटक पटको आदेशलाइ अबज्ञा गर्दै केसि समुहले अझैसम्म पनि एनआरएनए मुख्यालय उच्च स्तरिय समितीलाई बुझाएका छैनन ।