जनकपुरमा प्रहरीको गोली लागेर एकजना घाइते

Bhim Thapa Banner Headline with Image , News/समाचार , ५ महिना अगाडि

दुई समुदायबीच विवाद

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा प्रहरीको गोली लागेर स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया घाइते भएका हुन् ।

धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली लागेर मुखिया घाइते भएका हुन् । मुखियाको दुवै घुँडामा गोली लागेको छ । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

त्यसैगरी झडपमा सात प्रहरी र केही सर्वसाधारणसमेत घाइते भएका छन् । घाइते प्रहरीहरुको पनि प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । देवपुरा रुपैठास्थित झण्डाचोकमा रहेको टावरलाइटमा राखिएको झण्डा हटाउन पुगेका प्रहरीलाई स्थानीयले ढुङ्गा मुढा गरेपछि प्रहरीले अश्रु ग्याँस र हवाइ फायर गरेको जनाएको छ ।

शनिबार नै गणेश पूजाको मुर्ति विसर्जन गर्ने विषयमा दुई समुदायबीच विवाद भएको थियो । दुवै पक्षका अगुवाहरुको उपस्थितिमा ती झण्डाहरु आज हटाउने सहमति भएको थियो । सोही सहमति बमोजिम झण्डा हटाउन जाने क्रममा झडप हुँदा प्रहरीले अश्रुग्याँस र हवाइ फायर गर्नुपरेको प्रनाउ सिंहले जानकारी दिए ।