काठमाडौै । राधाकृष्ण मन्दिर व्यवस्थापन समिति र जागरुक महाअभियानको आवाज मण्डलको संयुक्त आयोजनामा शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित आरुबारीस्थित राधाकृष्ण मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
ब्लड डोनर्स गोकर्णेश्वर नगरसमितिको आह्वान र हिमाल हस्पिटल ब्लड बैंकको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा ४१ जना दानीहरूले रक्तदान गरेका थिए।
रक्तदाताहरुलाई काठमाडौं क्षेत्र नं ३ का पूर्वसांसद् सन्तोष चालिसे र स्थानीय समाजसेवीले प्रमाणपत्र हस्तान्तरण गरे।
राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उमेश केसीलाई ब्लड बैंकको तर्फबाट प्रशंसा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।
त्यसअवसरमा बोल्दै अध्यक्ष केसीले भने, ‘रक्तदान जीवन दान सरह हो। यस अभियानलाई आगामी दिनमा पनि निरन्तर जारी राख्नेछौं।’राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको यो पहिलो रक्तदान कार्यक्रम हो।
स्वास्थ्यका लागि महत्त्वपूर्ण यस अभियानलाई समुदायमा सूसुचित गराउन आवश्यक रहेकोमा जोड दिइयो ।

