काठमाण्डौ, २६ पुस । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको २२ औ साधारणसभा सँम्पन्न भएको छ । उपशाखाका सभापति बासुदेब पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा दिइएको जानकारी अनुसार यसबर्ष उपशाखाको समन्वय तथा आयोजनामा १६ पटक रक्तदान कार्यक्रमको आयोजना गरी ५ सय ३२ पिन्ट रगत सँकलन भएको थियो ।

उपशाखाकै पहलमा नगरपालिकाले रक्त सँचार केन्द्र भक्तपुर मार्फत परिचय पत्रको आधारमा कागेश्वरी मनोहराका नागरिकलाई निःशुल्क रगतपोका समेत उपलब्ध गराइ रहेको छ ।
कागेश्वरी मनोहरा नगर अस्पतालमा ब्लडबैक स्थापना गर्ने उपशाखाको प्रयास अन्तिम चरणमा पुगेको पनि साधारण सभामा जानकारी गराइएको थियो ।

रक्तदान कार्यक्रम आयोजना तथा सहजिकरण गर्ने बिभिन्न सँस्थालाई प्रशँसा पत्र द्धवारा सम्मान गरिएको साधारण सभालाई राष्ट्रिय सभा सदस्य माननिय बिष्णुदेबी पुडासैनी, कागेश्वरी मनोहरा नगर पालिकाकी उप प्रमुख शान्ता थापा, श्री आदर्श उच्च माबिका प्रधान अध्यापक बिश्वनाथ पोखरेल, नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्ला शाखाका प्रतिनिधि बिदुर उप्रेती लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

उपशाखाका उपसचिब अमृत थापाले बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष शँकर पौडेलले आर्थिक प्रतिबेदन पेश गर्नुभएको साधारण सभामा धन्यबाद ज्ञापन उपाध्यक्ष रिता चापागाँइले ब्यक्त गर्नु भएको थियो भने सभा सँचालन नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्ला शाखाका सदस्य लक्ष्मी कुँइकेलले सन्चालन गर्नु भएको थियो ।

